राज क्षितिजले हाल सम्म ४ वटा फिल्ममा काम गरीसके । करांते खेलाडी समेत रहेका राजले फिल्म खेल्नकै लागि आफुलाई फिट राख्न मेहनत पनि गरीरहेका छन् ।
अघिल्ला रिलिज भैसकेका फिल्महरुबाट खासै किल्क नभएका राज क्षितिज यहि शुक्रबार बाट प्रदर्शनमा आउने आफु अभिनित फिल्मबाट भने आशावादी छन् ।
राजको लिड रोल रहेको फिगरप्रीन्टमा आयुष्मा कार्की र जेसीका भुसालको अभिनय रहेको छ । फिंगरप्रीन्टमा फन्नी र लबर ब्वईको भुमिका रहेको राज बताउंछन ।

फिंगर प्रीन्ट बाट आशावादी देखिएका राज अब भने राम्रो ब्यानरको खोजीमा पनि रहेका छन् । फीगरप्रीन्टलाई नबीन निरौलाले निर्देशन गरेका हुन ।


