नयाँ चलचित्र ‘ड्रिम गर्ल’ को गीत सार्वजनिक भएको छ । अन्जु पन्त र सुरेश लामाको आवाजमा रहेको ‘तिम्रो मायामा’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा अम्बिका शर्माको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ ।
गम्भीर बिष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ र आष्मा गिरि फिचर रहेका छन् ।
असोज १९ गतेबाट रिलिज हुने चलचित्रमा आकाश र आश्मा संगै विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, पूजा पराजुली लगायतका कलाकार मुख्य भूमिकामा रहेका छन् ।
आरबी मुभिजको प्रस्तुतिमा रिल एण्ड रियल सिनेमाले सहकार्य गरेको चलचित्रमा अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर धितालको लगानी रहेको छ । चलचित्रलाई ऋषिराज आचार्यले निर्देशन गरेका छन् ।


