सेन्सर पास भैसकेको ‘लालीबजार’प्रदर्शन रोकीयो

२०८३ बैशाख १५, मंगलवार ११:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सेन्सर पास भैसकेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोकीएको छ । अदालतले आदेश दिएसंगै प्रदर्शन रोकीएको हो । वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै नेपालीले रिट दायर गरेकी थिइन् ।
उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा थियो भने मंगलबार सांझ तय भएको प्रिमियर पनि रोकीएको छ ।
षट्कोण आर्टसले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ । सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई युनिभर्सल प्रमाणपत्र दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय