चैत्र २७ गतेबाट सोलो रिलिजमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरेको हो। माइकल चन्दको कथा, पटकथा र लेखन रहेको सार्वजनिक ट्रेलरमा चलचित्रको सबै मुख्य कलाकारहरूलाई समावेश गरिएको छ। ट्रेलरमा बिराज भट्टको दमदार एक्सनलाई विशेष केन्द्रमा राखिएको छ। साथै नायक सुशील श्रेष्ठ र नायिका दिव्या रायमाझीको प्रेम पनि ट्रेलरमा देख्न सकिन्छ।
चलचित्रमा टिकटर आयुष सिंह ठकुरीको विशेष भूमिका छ। यसै चलचित्रबाट खुसी कार्कीले पनि डेब्यु गरेकी छिन। चलचित्रमा बिराज, आयुष, सुशील, खुसी र दिव्याका अलावा दिनेश डीसी, सुधीर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारहरूको अभिनय छ। यस्तै, चलचित्रमा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र शृङ्खला विष्ट बाल(कलाकारको रूपमा छन्।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ। कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन। तेजराज चटौत सह(निर्माता रहेको यो चलचित्रमा दमन बहादुर चन्द सह(निर्माता, मोती कार्की क्रियटिभ निर्माता र राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रूपमा छन्।


