फिल्म बेहुलीको शुभ मुहूर्त सम्पन्न

२०८२ चैत्र १३, शुक्रबार १६:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

बिहीवार ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा अर्चना गर्दै नयाँ नेपाली फिल्म बेहुलीको शुभ मुहूर्त सम्पन्न गरिएको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यस फिल्मको मुहूर्तसँगै छायाङ्कन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माता अर्जुन पोखरेलका अनुसार यसै साताबाट छायाङ्कनमा निस्कन लागेको यो फिल्म आगामी वर्षको हरितालिका तीजको अवसर पार्दै भदौ १२ गतेबाट दर्शकमाझ आउनेछ।

लामो समयदेखि नेपाली सुगम सङ्गीत तथा चलचित्र सङ्गीतमा दर्जनौँ हिट गीत दिएर दर्शक तथा श्रोताको मन जित्दै आएका चर्चित सङ्गीतकार अर्जुन पोखरेल बेहुली मार्फत पहिलो पटक चलचित्र निर्माणमा होमिएका हुन् । फिल्मको सङ्गीत निर्देशन समेत आफैले सम्हालेका पोखरेलको यो नयाँ फिल्मी यात्रालाई निकै चासोका साथ हेरिएको छ।

प्रताप राणाको निर्माण रहेको यस फिल्मको निर्देशन सशान कँडेलले गर्दैछन् भने कथा माधव शर्माले लेखेका हुन्। निर्देशक कँडेल र लेखक शर्मा दुवै फिल्म होस्टेल ३ का निर्देशक तथा लेखक हुन्। होस्टेल ३ पछि यी दुईको बलियो सहकार्य बेहुलीमा पनि दोहोरिएको छ।

फिल्ममा होस्टेल ३ बाटै डेब्यु गरेका पारस बम ठकुरी ९कुलब्वाय० ले प्रमुख नायकको भूमिका निर्वाह गर्दैछन्। पर्दामा उनको जोडीको रूपमा अभिनेत्री दिव्या रायमाझी देखिनेछिन्। यसका साथै तीन घुम्ती, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाई लग्यो झिल्केले जस्ता फिल्ममा आफ्नो दमदार अभिनय पस्किसकेका अनुभवी अभिनेता सुशान्त कार्कीको पनि यस फिल्ममा महत्त्वपूर्ण भूमिका रहनेछ। चलचित्रमा पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

कार्यकारी निर्माता सुमन थिङ तामाङ र सह(निर्माताहरू दुर्गा खरेल र रमेश सिलवाल रहेको बेहुलीमा शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा छन् । नरेन्द्र मैनालीको छायाङ्कन ९डीओपी० रहने फिल्मलाई विकास दाहालले सम्पादन गर्नेछन् भने द्वन्द्व निर्देशनको जिम्मा रोशन श्रेष्ठले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय