बबिताको कलियुगकी राधा गित, भिडोयो सार्वजनिक

२०८२ माघ २३, बिहीबार ११:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका बबिता मानन्धरको स्वर, डिपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत
रहेको गीत ‘कलियुग की राधा’को अडियो तथा भिडोयो सार्वजनिक गरिएको छ । बिहिवार दरबरमार्गाको कासा लाउन्जमा एक समारोहमा गितको बिमोचन गरिएको हो।

गितको भिडियोको निर्देशन राजिव समरले गरेका हुन भने मोडल आश्मा बिश्वकर्मा र अभिषेक श्रेष्ठ गितको भिडियोमा फिचर्ड छन । वरिष्ठ गायिकाहरु देबिका बन्दना ,सुक्मित गुरुङ ,कुन्ती मोक्तान ,मनिला सोताङले गायिका बबिता मानन्धरको गित कलियुगकी राधाको बिमोचन गरेका हुन। कार्यक्रममा सगितकार शन्कर थापा स्माइलले आफुले गितमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

गितको भिडोयोलाई सुरेश मानन्धरले निर्माण गरेका हुन । बबिता मानन्धर चर्चित गायिका हुन । उनले थुप्रै चलचित्रमा हिट गितहरु गायकी छन भने ,अन्य हज्जारौं गितहरु पनि उनको स्वरमा रहेको छ । गीत बबिता मानन्धर युट्युब च्यानलमा अप्लोड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय