गायिकाद्वय कला लम्साल र एलिना चौहानबीच बाण प्रहार भैरहेको छ । केहि समय अगाडि अमेरिका टूरलाई लिएर यी दुईजनाले सामाजिक सञ्जालमा आरोप(प्रत्यारोप लगाए ,
अमेरिकाको सांगीतिक टूर बीचमै छाडेर कला नेपाल फर्किएकी थिइन् । एलिनाले आयोजकलाई साथ दिएर आफूविरुद्ध बोलेको आरोप कलाले त्यतिबेला लगाएकी थिइन् ।
यतिबेला सामान्य भैसकेको विवाद सिक्री काण्डले चुलीएको छ । एक युट्युब अन्तर्वार्तामा कलाले एलिनाको नाम नलिइकन कुनै एक सेलिब्रेटीले आफ्नो सिक्री लगाएर आफ्नै कुरा काटेको भन्दै उछितो काढेकी थिइन् ।
कलाले औपचारिक अन्तर्वार्तामा त्यसो नभनेपनि युट्युबरले उनको ‘अफलाइन’ संवादको क्लिप सम्पादनबिनै पोस्ट गरिदिएपछि विवाद सतहमा आएको हो । क्लिपमा कलाले भनेक छिन्, ‘लिभ इट।। त्यहीँबाट कट गरौं‘ एलिनाको तिर मोड‘ यो त अफलाइन है‘’। युट्युबबाट यो हटाइएपनि एलिनाले यो क्लिपलाई सार्वजनिक गरेकी हुन् । एलिनाले आइतबार सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गर्दै यो विवादमा मुख खोलेकी छिन् । उनले आफूले सिक्री लगाएको कुरालाई भने स्वीकारेकी छिन् ।

‘देख्नुभयो होइन रु उहाँको इन्टेनसन भनेको मेरो नाम लिने, अन्तरवार्ता लिने मान्छेलाई मेरोबारेमा सोध भनेर भन्ने अनि भाइरल हुने । मैले उहाँको इन्टेन्सन थाहा पाएँ कि मेरो नाम लिएर आफू चल्नुपर्ने रहेछ भनेर । त्यो थाहा पाएर मैले उहाँलाई चलाइनँ । त्यसपछि फेरि उहाँ अर्को पडकास्टमा गएर सिक्रीको कुरा निकाल्नुभो’ एलिनाले भनेकी छन् ।
अमेरिकामा कलाले आफ्नो लुगामा म्याच भएन भनेर आफूलाई सिक्री राख्न दिएको एलिनाले भिडियोमा बताएकी छन। ‘घाँटीमै लगाएर राख है भन्नुभएको थियो । मैले हुन्छ दिदी भनेर राखिदिएँ । पछि उहाँ अर्गनाइजरसँग झगडा भएर नेपाल फर्किनुभयो । फर्किने बेला हतार हतारमा माग्न बिर्सिनुभयो । मैसित थियो । दिदी सिक्री छुटेको छ म नेपाल आएर दिन्छु तपाईंलाई भनेँ । हस् भन्नुभयो’ एलिनाले भनेकी छन् ।
अन्तर्वार्तामा जाँदा होस नपुगेर आफूले कलाको सिक्री लगाएको कुरा एलिनाको छ । आफूले सिक्री नचोरेको भएपनि कलाले सिक्री चोरजस्तै बनाइदिएको भन्दै एलिनाले गुनासो गरिन् । गायिका एलिनाले आफु सिक्री हैन कलाको किड्नी किन्ने औकात भएको समेत बताएकी छन् । यतिबेला सामाजिक संञ्जाल प्रयोकर्ताहरु गायिका एलिनाको समर्थनमा बढी देखिएका छन् ।


