दंशैमा फिल्मको हालत खराब तिहारमा के होला

२०८२ कार्तिक ५, मंगलवार १५:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपाली फिल्मको यस बर्षको दशैलाई लक्षित गरि प्रदर्शनमा ल्याएको ३ ओटा फिल्मको बक्स अफिस रिपोर्ट अपेक्षाकृत भएन । गत बर्षको दशै तिहार नेपाली फिल्म्मय बनेको थियो तर यस बष परिस्थिति फरक भैदियो भदौ २३ र २४ को जेन्जी आन्दोलन पछिको परिस्थिति ,तेस्तै बाढी पहिरोको बितन्डा ।
प्रदर्शनमा आएका ३ फिल्म मध्य बलिदानको लगानी ६ करोड भनिएको छ प्रदर्शन्को ११ दिनसम्मको बकस अफिस रिपोर्ट द्ध करोड द्धद्द लाख छ , अब सिनेमा हलमा सो कम हुँदै गएको छ लगानी उठ्ने सम्भावना कम छ । तेस्तै हरिबहादुरको जुत्ताको लगानी लग्भग द्द करोड भेट्छ भनिएको छ ११ दिनको बक्स अफिस कलेक्सन ३ करोड नब्बे लाख छ भने माइतीघर पनि बिग बजेटमा बनेको एउटै गीतमा छण् लाख खर्च प्रचारप्रसारमा मात्रै करोडौं खर्च गर्ने भनेर निर्माण पक्षले रिलिज अघि भनेपनि प्रदर्शनको ११ दिनको कलेक्सन देशैभरबाट २ करोड डछ लाख रहेको चलचित्र बिकासबोर्डले बक्स अफिस एट सिनेपा अन्तर्गत आधिकारिक रिपोर्ट सार्वजनिक गरेको छ । यिनै बकस अफिस रिपोर्ट झूटो भन्दै सुरुवातमा त बितरक र निर्माताले चलचित्र बिकास बोर्ड अध्यक्ष दिनेस डिसीको राजिनामा समेत माग्न भ्यए ।
स्टारक्रेजले फिल्मको बकस अफिस धानेन , चाहे बलिदानमा एक्सन नाय्ककको रुपमा उदाएका समीर भट् हुन या हरिबहादुरको जुत्तामा बरिष्ठ हास्य कलाकार हरिबश आचार्य लगाएत कलाकारहरुको टोली या , माइतीघरमा केदार घिमिरे माग्ने बुढा गायक नायक प्रकाश सपूत लगाएत कलाकार । तर नेपालको येस्तो विषम परिस्थितिमा पनि दर्शकले नेपाली फिल्मलाई यसरी माया गरि हलमा आउनु आफैमा फिल्म इण्ड्स्ट्रीको लागि भने गर्वको कुरा हो ।
गत बर्स १२ गाउँ छक्का पन्जा ,ज्वाइसाब खुस्मा ,बेहुलीफ्रम मेघौली लगाएतका फिल्म प्रदर्शनमा आउदा बकस अफिस भारी बनेको थ्यो नसोचेको बक्स अफिस कलेक्सन थियो । निर्माताहरुकै भनाई मान्न्ने हो भने गतबर्स दशैमा मात्रै ५ फिल्मले टण् करोड बढी कलेक्सन गरेको थियो तर यस्पटक निर्माताहरुलाई लगानी उठाउन धौ धौ छ ।
यसैपनी नेपाली फिल्म चलेर निर्माताले लगानी उठाएर नाफा लिनु भाग्य चिट्ठा परेजस्तै मानिन्छ अपवाद बाहेक । नेपाली फिल्म प्रती केहि फिल्मले आश देखाएपनी ,धेरै फिल्मले दर्शक निराश बनाएकोमा दुइमत छैन । जस्को सिधा असर बक्स अफिस कलेकस्नमा पर्छ । अहिले प्रदर्सनम भैरहेका ३ फिल्म आलोचना मुक्त छैन , सन्तोश सेनको बलिदानलाई एक्सन्को नाममा कथा हराएको , रोहित अधिकारीको मिलन तामाङ ले निर्देश्न गरेको माइतीघरमा पनि कथा र पात्रकै समस्या , दिपेन्द्र के खनाल ले निर्देशन गरेको हरिबहादुरको जुत्ता सिरियलको बिस्तारीत रुप हसाउनकै लागि याथार्थ भन्दा बाहिरका जस्ता लाग्ने दृश्य लगाएत आलोचना दर्शकहरुले गरिरहेका छन जुन फिल्म अब्बल होला कसैले खोट लाउन नसक्ने भन्ने आकलन थियो । त्यसो त फिल्म इन्डस्ट्रीमा दम्भ अहकार एकार्काप्रती अरोप प्रत्यारोप र खुट्टा तान्ने प्रवृत्ति नियती नै बनेको छ ।
पछिल्लो समय त दर्शकहरु हलमा गएर फिल्म हेरेर मज्जा लिनु भन्दापनी , चरचित फिल्म मेकर र कलाकारहरु नै ग्रुपिज्म देखि सामाजिक सन्जालमा उत्रीएर एक अर्काप्रती इगो राखेर ब्यक्तिगत तहमै उत्रीएर अराजक शैलीमा बान हानाहान गरि देखाएको हरिबिजोगमा नै रमाउन थालेका पनि छन । कलाकारहरू फिल्ममेकर्हरु दर्शकको माया बिना अधुरो रहन्छन ।
फिल्मकर्मीले दम्भ अहकार ब्यक्तिगत इगो भन्दापनी , राम्रो कथा निर्द्र्शन , र दर्शकको चाह्ना अनुसार फिल्म बनाउन जरुरत छ । यहि हिसाबले अबको तिहारमा प्रदर्शनमा आउन लागेका फिल्मको हालत के होला भन्ने जिज्ञासा धेरैलाई छ तर तिहारमा पनि फिल्महरु लस्करै रिलिज हुदैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय