विशिष्ट चलचित्रकर्मीलाई १ लाख ५० हजार स्वास्थ्य बीमा

२०८२ भाद्र १७, मंगलवार ०६:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र विकास बोर्डले २० देखि ३० वर्षसम्म चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने फिल्मकर्मीहरूलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ । भदौ १५ गते चाबहिल स्थित चलचित्र बिकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी ८६ जना फिल्मकर्मीलाई बिशिष्ट परिचयपत्र प्रदान गरीएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ ले चलचित्रकर्मीहरूको योगदानको कदर गर्दै, विशिष्ट चलचित्रकर्मी परिचय पत्रधारीलाई रु। १ लाख ५० हजार बराबरको स्वास्थ्य बीमा, उपलब्ध गराइने घोषणा गरे।

बोर्डका अध्यक्ष दिनेश डि।सी।ले चलचित्रकर्मी परिचयपत्रलाई राष्ट्रले दिएको पहिचानका रूपमा ग्रहण गर्न आग्रह गरे । कार्यक्रममा अभिनेता विश्व बस्नेत, दीपकराज गिरी, रमेश उप्रेती, दीपाश्री निरौला, जीतु नेपाल, सुनिल थापा, शारदा गिरी, प्रदीपकुमार उदय, पुरुषोत्तम प्रधानसहित ८६ जना फिल्मकर्मीलाई परिचयपत्र वितरण गरिएको छ।

कार्यक्रममा अभिनेता बुद्धी तामाङलाई विशेष योगदान सम्मान प्रदान गरियो। ‘चलचित्र चे’ ९लिम्बु भाषा० र ‘चलचित्र दिलसरा’ ९मगर भाषा० लाई रु। २ लाखको प्रोत्साहन रकम हस्तान्तरण गरियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय