फ्रेनीयाको ट्रेलर सार्वजनिक, सेप्टेम्बर १२ मा विशेष प्रदर्शन

२०८२ भाद्र ९, सोमबार ०६:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अष्टिनस्थित पिगासस इन्टरटेन्मेन्टले निर्माण गरेको मनोवैज्ञानिक छोटो फिल्म फ्रेनीयाको ट्रेलर सार्वजनिक गरिएको छ। नेपाली कलाकार तथा निर्देशक सुवास थापाको परिकल्पनामा बनेको यो फिल्मले एक चित्रकारको आन्तरिक संघर्ष, मानसिक स्वास्थ्य र सिर्जनात्मक यात्राको कथा प्रस्तुत गर्छ।

फिल्मको विशेष प्रदर्शन सेप्टेम्बर १२, २०२५, शुक्रबार साँझ ७ बजे जर्जटाउन प्यासलेस थिएटरमा हुने भएको छ। कार्यक्रममा कलाकार तथा प्राविधिक टोलीको उपस्थिति रहनेछ ।

फिल्म हाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत सहभागी हुने तयारीमा छ, जसले नेपाली प्रतिभा र सन्देशलाई फराकिलो दर्शक माझ पुर्‍याउने अपेक्षा गरिएको छ। सुवास थापा लामो समय देखि अमेरीकामा बुोबास गदै आएका छन् । कलाकारीतालाई जहां गएपनि आफुसंगै बिभिन्न माध्यमबाट प्रस्तुत गर्ने उदेश्यले फ्रेनीया फेस्टीभलहरुमा समाबेश गर्ने गरी आफुले बनाएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय