म्युजिक खबर तीज म्युजिक अवार्ड सम्पन्न २१ बिधामा अवार्ड

२०८२ भाद्र ७, शनिबार ०४:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

२१ विधामा अवार्ड प्रदान गर्दै ‘म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ सम्पन्न भएको छ । आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको तीज म्युजिक अवार्ड २०८२’ मा अभिनेत्री लक्ष्मी गिरीलाई विशिष्ट नारी सम्मान प्रदान गरियो । अभिनेत्री दीपाश्री निरौला र गायिकाद्वय मन्जु थापा र हरिमाया गुरुङलाई नारीरत्न सम्मान प्रदान गरीयो। त्यस्तै राधिका अधिकारी, विनिता कुँवर क्षेत्री र सम्झना धमलालाई म्युजिक खबर कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

सौन्दर्यकर्मी सानु थापा, निकिता पाण्डे, करुणा श्रेष्ठलाई म्युजिक खबर सौन्दर्यकर्मी सम्मान प्रदान गरियो भने मन्जु सिंह र गंगा पन्थलाई समाजिक सेवा सम्मान प्रदान गरियो । मनुकुमारी पन्तलाई संगीत व्यवसायी सम्मान प्रदान गरियो भने पूजा क्षेत्रीलाई म्युजिक खबर गायन सम्मान प्रदान गरियो ।

सर्वोत्कृष्ट तीज दोहोरी गायकको अवार्ड ‘म त माइत जाने हो’बाट प्रकाश कटुवाल र तीज दोहोरी गायिकाको अवार्ड ‘नाच्छु म बुरुक बुरुक’बाट मधु रसाइलीले हासिल जिते ।सर्वोत्कृष्ट मौलिक तीज गीत गायिकाको अवार्ड ‘नाच्छ भने नाच्न दे’गीतबाट सरिता भारतीले हासिल गरिन भने सर्वोत्कृष्ट मौलिक तीज संगीतको अवार्ड ‘किन्दिने हो कल्ले रु’ गीतबाट दीपक शर्माले पाए ।

सर्वोत्कृष्ट मौलिक तीज गीत शब्दको अवार्ड ‘आमा र माइतीको माया’बाट दीपक घिमिरेले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज दोहोरी संगीतको अवार्ड ‘कस्की छोरी होला’बाट सचिन भट्टराईले प्राप्त गरे ।सर्वोत्कृष्ट गीत संयुक्त गायनको अवार्ड ‘सासुको तीज’ गीतबाट सुजाता केसीरएलिना चौहानले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज दोहोरी शब्दको अवार्ड ‘सम्पत्ति कमाउन’बाट विष्णु न्यौपानेले पाए ।

समारोहमा सर्वोत्कृष्ट तीज गीतको अवार्ड ‘छैन नि चोलिया’बाट मन्जु पौडेलले, मौलिक तीज गीत पब्लिक च्वाइस अवार्ड लक्ष्मी पुरी प्रधानले, म्यूजिक भिडियो महिला मोडल पब्लिक च्वाइस अवार्ड ज्योति खड्काले, पब्लिक च्वाइस अवार्ड मौलिक संगीतकारको अवार्ड विष्णु भण्डारीले हासिल गरे ।

तीज गीत मौलिक संगीत संगीतकार जुरी अवार्ड संगीतकार रेशम चौधरीले, तीज गीत दोहोरी गायिका जुरी अवार्ड सन्जु न्यौपानेले हासिल गरे । नेपाली तीज गीतको प्रवर्धनको लागि आफूहरूले विगत चार वर्षदेखि शुभकामना मिडियाबाट यो अवार्ड आयोजना गर्दै आएको संस्थाका अध्यक्ष पोखरेलले बताइन् । सांसद रेखा यादव, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अध्यक्ष सविता पोखरेल, पत्रकार शान्तिप्रिय लगायतले सम्मान प्रदान गरे ।


यस वर्ष तीजको अवसरमा बजारमा आएका १५० बढी गीतलाई समेटेर बिहीबार काठमाडौँमा ‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ सम्पन्न भएको हो ।
संघीय सांसद रेखा यादव, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अवार्डअध्यक्ष सबिता पोखरेल, बिजी बैंकटका संचालक उज्ज्वलजंग ठकुरी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र वरिष्ठ पत्रकार शान्तिप्रियले समारोहमा विभिन्न कलाकारलाई सम्मान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय