ताराहरूको प्रिमियर अभावको कथा

२०८२ भाद्र ५, बिहीबार ०४:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कलाकार आशान्त शर्माले निर्देशन गरेको फिल्म ताराहरूको बुधबार साँंझ आएनआइ सिनेमा हलमा प्रिमियर गरीएको छ । पारीवारीक कथा बस्तुमा जिवनका संघर्ष संगै हांसो र रोदनले भरिएको फिल्म ताराहरुलाई प्रिमियरमा हेरेपछि सबैले प्रशंसा गरे । भदौ ६ अर्थात यहि शुक्रबारबाट फिल्म देशैभर प्रदर्शनमा आउदैछ । फिल्मको प्रिमियरमा आफ्नै भाई कुन्दुन शाक्यको डेब्यु फिल्म हेर्न कलाकार कर्मा शाक्य पनि पुगेका थिए उनले सबै कोणबाट फिल्म राम्रो बनेको बताए । फिल्म प्रिमियरमा पुगेका सबैले नेपालीहरुको हरेक परिवारको भोगाइको कथा भएको र सबैले हेर्नुपर्ने फिल्म बनेको प्रतिक्रिया दिए । फिल्म ताराहरुले अभावको जिन्दगी र मानसिक स्वास्थ्यको बिषयलाई उठान गरेको छ ।

फिल्मको मुख्य भूमिकामा निर्देशक आशान्त शर्मा स्वयं छन्। मेनुका प्रधान, आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारहरूले फिल्ममा अभिनय गरेका छन्। फिल्मको निर्माता गोपीनी सेढाइ र कृष्णप्रसाद पंगेनी शर्मा रहेका छन् भने फिल्मको सहनिर्माता घनलक्षमी शाक्य , जगबिजय पंगेनी शर्मा र युगबिजय पंगेनी शर्मा हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय