असोज १३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट लामो टिजर शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर सार्वजनिक गरीएको हो । झन्डै ले क्रोध, बदला, न्याय र देशभक्ति भावनाको कथा बताउँछ । नायक समीर भट्टको वरिपरि टिजर केन्द्रित छ ।
सन्तोष सेनको निर्देशनमा बनेको फिल्म हो बलिदान । टिजर सार्वजनिक गर्दै निर्देशक सेनले ‘बलिदान’ केवल फिल्म नभइ हरेक नेपालीको मनको विद्रोहको प्रतीक रहेको बताए । उनले भने, ‘तीन वर्षको रगत पसिना, माटोको सुगन्ध र किनारिएका आवाजको पीडाबाट जन्मिएको ‘बलिदान’ अब केवल फिल्म होइन, यो न्यायको विस्फोट हो ।’
आसुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । फिल्ममा दर्शन जीको लेखन, महेश पौडेलको छायांकन, सुजन चापागाईँको संगीत निर्देशन तथा स्टन्डर साम र श्री श्रेष्ठको द्वन्द्व निर्देशन सम्पादन रहेको छ ।


