टिकटकर मन्दिरा ढुंगाना टिकटकबाट चम्कीएकी इन्टरटेनर र कन्टेन क्रियटर हुन । उनको आम्दानी सुन्ने हो भने धेरैले जिब्रोनै टोक्छन तर टिकटकबाट आम्दानी गर्नेहरुको लागि भने उनको आम्दानी खासै नौलो हैन । टिकटकर मन्दिरा ढुंगानाले यतिबेला तिज गितमा समेत अभिनय गरेकी छन् । हाम्रा बुढा परदेशमा पैसा कमाउने बोलको तिज गितमा उनले अभिनय गरेकी हुन ।
गितलाई सुनिता बग्दास र पारु पौडेलले गाएका छन् भने सिताराम परियारको शब्दमा अमृत सापकोटाले संगित भरेको सन्देशमुलक गित भएकाले आफुले अभिनय गरेको टिकटकर मन्दिराले बताइन । टिकटकरको रुपमा परिचित मन्दिरा ढुंगानाको टिकटकमा वान पोइन्ट सिक्स फलोअर्स छन् भने उनका फन्न्नी भिडियोलाई लाखौंले मन पराउछन् ।
मन्दिराका धेरैवटा टिकटक आइडी छन् । पछिल्लो समय टिकटक लाइभ स्टिमबाट एक हप्तामै १७ लाख कमाएकी ढुंगानाले ५ महिनमा १ करोड कमाएको बताइन । लकडाउन देखि टिकटक लाइभ बस्न थालेकी मन्दिराले टिकटककै आम्दानीबाट घर जग्गा गाडी सबै जोडीसकेकी छिन् । प्रबिधिलाई सहि तरिकाले प्रयोग गर्ने हो भने मनग्य आम्दानी गर्नसक्ने उदाहरणको पत्र बनेकी मन्दिरा बिकृति फैलिएकोप्रति भने दिक्क मान्छीन । टिकटकमा बिकृति पनि छ त्यसलाई त स्वबिबेक लगाएर के गर्न हुन्छ के गर्न हुदैन आफैले सोच्ने हो मन्दिरा भन्छीन । मन्दिरा जस्तै थुप्रै टिकटकरले मनग्य आम्दानी गरेका छन् र मन्दिरा सबैलाई सुझाउछिन टिकटकबाट बिकृति नफैलाउन ।


