चलचित्र ङोल्स्यो रानीका निर्माता जिवन गुरुङले यतिबेला आफ्नो फिल्म चलाउन हल नपाएको दुखेसो गरेका छन् । गुरुङ संकृतीमा आधारित नेपाली भाषामा निर्मित चलचित्र ङोल्स्यो रानी जिवनले निर्माण गरेको पहिलो फिल्म हो , तर प्रदर्शन गर्न फिल्म हल र बितरकनै नपाएको उनको गुनासो छ ।
जिवनले भने –नयांलाई साह्ै दुख हुदो रहेछ धैरै धाइयो तर कसैले कुरै सुनेन न बितरकले न हलवालाले ,हलले शो दिन्छ भनेर कुरा गर्न गएको तर हलले त ५० प्रतिशत मात्र पाउने हो तर हामीलाई पुरै सिटको पैसाको माग भयो त्यसरी गर्न पनि सकिएन साह्ै पीडा भयो । हामीले ङोल्स्यो रानी चलचित्र बिकास बोर्डमा दर्ता देखि सेन्सर पास गरेर दर्शकको लागि तयार गरीएको फिल्म हो तर अरु फिल्म जस्तै यो फिल्मलाई दर्शक माझ हलमा ल्याउन भने गाहो भयो ।
निर्माता जिवनले हलमा फिल्म चलाउन नसकेपछि बिशेष शो को तयारी गर्दै यहि श्रावण २३,२४,२५,२६ गते पोखरमा पहिलो शो गरी दर्शकलाई देखाउन लागेको बताए । यसैगरी देश तथा बिदेशमा शो नै गर्ने बताए । निर्माता जिवन सिभिल इन्जीनीयर हुन । आफनो सानैदेखि फिल्म बनाउने प्यासन भएकाले फिल्म बनाएको र यसअघि म्युजिक भिडियोहरु पनि गरीसकेका छन् जिवनले पहिला नै फिल्म बनाउन लागेको तर बिभिन्न क्राइटेरीया पुरा गर्नुपर्ने भएकाले आफु ब्याकसाइडमा बसेको बताए ।
जिवन गुरुङले निर्माण गरेको फिल्म ङोल्स्यो रानी का निर्देशक कमल बहादुर गुरुङ हुन भने जिवन गुरुङकै कथा रहेको छ । ङोल्स्यो भनेको गुरुङ भाषामा सोल्टीनी हो । मिरा गुरुङ ,मनोज गुरुङ,आशिष गुरुङ,बिक्रम राणा , डिबी गुरुङ,टिकाराम घले , कुबिना गुरुङ,लाल शोभित गुरुङ,खिमकुमारी गुरुङ, अनाम गुरुङ ,मोहन गुरुङ, टिना गुरुङले अभिनय गरेको ङोल्स्यो रानी मा माओत्से गुरुङले समेत अभिनय गरेका छन् । कार्यकारी निर्माता राजबहादुर गुरुङ रहेको फिल्म ङोल्स्यो रानी मा निकोलस गुरुङको डिओपी र सम्पादन रहेको छ । राजु किरताको एक्सन रहेको फिल्ममा गितको कोरीयोग्राफी पबित्रा गुरुङ र कमलबहादुर गुरुङले गरेका छन् ।

फिल्मको गितको शब्द संगित कमल बहादुर गुरुङ, यमसारु मगर र मन क्षेत्रीको छ भने गायक गायिका राज बहादुर गुरुङ,ममता गुरुङ र मनोज थापा मगर रहेका छन् । कास्कीकै सेरेपेरोमा छांयाकन भएको फिल्म त्रिकोणत्मक लभस्टोरी रहेको नायिका मिरा गुरुङले बताइन । नायक तथा कलाकार मनोज गुरुङले फिल्म अत्यन्तै राम्रो टिपिकल कथा बस्तुमा रहेको बताए ,अर्का कलाकार आशिष गुरुङले फिल्म सबैले मन पराउनेमा विश्वसत रहेको बताए । फिल्मा निर्माता जिवन गुरुङले आफुले पहिला म्युजिक भिडियो निर्देशन गरीरहेको र फिल्म बनाउने रहर सानैदेखि भएकाले दर्शकमाझ ङोल्स्यो रानी लिएर आएको बताए । फिल्मलाई देशैभरका बिभिन्न ठाउमा शो गर्ने र बिदेशमा पनि शो हुने निर्माता जिवनले बताए । नेपालमा हलहरुमा अरु फिल्म जस्तै लगाउन खोज्दा बिभिन्न समस्या आएकोले बिशेष शो गरी दर्शकलाई देखाउन लागेको निर्माता जिवनले बताए ।


