कमेडी चलचित्र ‘किस्ने कहाँ छ ? थिम पोष्टर सार्वजनिक

२०८२ श्रावण ४, शनिबार १६:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राजेन्द्र बस्नेतको निर्देशनमा नयाँ कमेडी जनरामा चलचित्र ‘किस्ने कहाँ छ ? बन्ने भएको छ । चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरिएको छ।फिल्मको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका छन्।

ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा हेमन्त बस्नेतको लगानी रहेको छ भने, कार्यकारी निर्माता इश्वर वल्लव उप्रेती रहेका छन्।निर्देशक बस्नेतका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु हुनेछ। कलाकारहरूको टुंगो भने अझै लागिसकेको छैन, कलाकार छनोटको कार्य भइरहेको निर्माण टिमले जनाए ।कमेडी जनरामा आधारित ‘किस्ने कहाँ छ ? ’ ले नेपाली समाजको गहिरो चित्रण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय