भुवा मार्फत सौगात निर्देशनमा फर्के

२०८२ असार ३१, मंगलवार १४:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै कान्छा चलचित्र निर्देशकका रूपमा नाम लेखाउन सफल सौगात विष्टले निर्देशन गरेको लघु चलचित्र भुवाको छांयाकन सकिएको छ । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई केन्द्रित गरेर बनाएको लघु चलचित्र भुवालाई डान्स फिभरकोले प्रस्तुतिमा सम्झना पोखरेलले निर्माण गरेकी हुन्।
भुवामा मुख्य कलाकारको भुमिका गजित विष्टले निर्वाह गरेका छन् । गजित बिष्ट निर्देशक सौगात बिष्टको पीता हुन । संगम विष्टको कथा तथा पटकथा रहेको लघु चलचित्र भुवामा नवराज उप्रेतीको छायांकन र प्रवीण भट्टको सम्पादन छ। चलचित्रको गीतमा चन्द्रमणि भट्टराईले शब्द रचना, राजेन्द्र बजगाईंको संगीत रहनेछ। गीतमा सारिका घिमिरे र विषम आचार्यको स्वर सुन्न पाइनेछ। चलचित्र निर्माणको सल्लाहकारका रूपमा गम्भीर विष्ट र कुमार मोक्तान तामाङ छन्। लघु चलचित्र बिदेश तथा नेपालमा शो गरीने निर्माण टिमले बताएको छ ।

निर्देशक सौगात बिष्टले सात वर्षको उमेरमा चलचित्र लभ यू बाबा निर्देशन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए भने २०७५ सालमा प्रदर्शनमा आएको हैरान चलचित्र पनि निर्देशन गरेका थिए । त्यसपछि पढाइमा केन्द्रित भएका बिष्ट भुवा मार्फत निर्देशनमा फर्कीएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय