होटलमै ५० लाख बिल उठाउने आरोप खेपेका राईको रुवाउने अञ्जिला

२०८१ फाल्गुन २८, बुधबार १८:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निर्देशक मिलन चाम्लीङ राई, मिलन चाम्सले परिचित फिल्म निर्देशक हुन । हाल सम्म उनले ११ वटा चलचित्र निर्देशन गरीसकेका छन् उनको ११ औं चलचित्र अञ्जिला बिहिबार फागुन २९ गतेबाट प्रदर्शनमा छ । नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको वास्तविक जिवनमा आधारीत चलचित्र “अञ्जिला” को देश तथा बिदेशका बिभिन्न ठाउमा प्रिमियर भैसकेको छ । मिलन चाम्सले निर्देशन गरेको  ११ औं फिल्म  प्रिमियरमा हेरेर भावुक हुदै आंशु झार्दै ननिक्लने शायदै होलान । जस्का कारण निर्देशक राई खुशीका साथै भावुक पनि छन् ।

त्यसो त निर्देशक राईको तामझाम हरेक फिल्ममा हुने गर्दछ ,हंसिया फिल्मबाट निर्देशनमा होमीएका राईले देश तथा बिदेशमा भब्य रेडकार्पेट प्रिमियर गर्ने गर्छन हरेक फिल्म, बजेटपनि उत्तिकै महंगो । मिलन चाम्सलाई स्टयान्डर्ड बिलासिता जिवनशैली भएका निर्देशकको रुपमा चिनिन्छन् । यस अघि उनले निर्देशन गरेका फिल्महरु हेर्ने हो भने बिदेशमा पुगेर भब्य सिनमा कुनै कम्प्रोमाइज नगरी छांयाकन गरी भब्य सेट लगाएर फिल्म बनाइरहेका थिए । तर यसपटक निर्देशक राईले भुइमान्छेको कथा प्रस्तुत गरेर सबैको मन जितेका छन् उनले निर्देशन गरेको फिल्म “अञ्जिला” हेरेर सबै रोएका छन् ।

निर्देशक मिलन  आफ्नै बारेमा भन्छन “हो नी मलाई त मिलन चाम्सले त एउटा फिल्म बनाउन लगायो भने फाइभ स्टार होटलमा कफि खाएको मात्रै ५० लाखको बिल उठाउछ भन्छन् , निर्मातालाई मुर्गा बनाउने भन्छन् तर अहिलेको निर्माता प्रेमकुमार श्रेष्ठलाई सोधे हुन्छ उहांलाई पनि त्यहि कुरा पुर्याएका रहेछन , तर पछि उहां आफैले भन्नु भयो , तपाईको बारेमा त हामीले यस्तो यस्तो सुनेका थियौ तर तपाई ठयाक्कै उल्टो हुनुहुदोरैछ , भुइमा पनि सुत्ने जतानी खाने जस्तो अवस्थालाई पनि सजिलै लिने भन्नु भयो म आफै छक्क पर्छु अहिलेको जामानामा कसैलाई मुर्गा बनाउन सजिलो छ र ? यो सबै हल्ला हो , म अलि रिजर्भ छु ,काम बाहेक खासै बोल्न रुचाउदीन त्यसैले मान्छेले घमण्डी भन्छन् , तर म सबैको लागि राम्रो गर्ने मान्छे हो । फिल्म इन्डष्ट्रीमा त मैले कुनै हिरो हिरोइनलाई लिएर फिल्म बनाउन साइन गराउन लागेको थाहा पाए भने बिच्काइदिने मान्छेहरु सम्म लागिपर्छन धेरै भोगेको छु हल्लाको पछि के लाग्नु । भन्नेलाई के गर्न सकिन्छ र कामै त्यही हो भन्नेहरुको  ।”
                                          अञ्जिला चल्नेमा बिश्वास
दर्शक भगवान हुन । फिल्म हेर्नेजति सबैले राम्रो भनेका छन् । तर पछिल्लो फिल्मी बजार हेर्ने हो भने फिल्म राम्रो पनि चलेका छैनन ह्वीम कतिबेला आउछ त्यसैमा भर पनुपर्ने अवूथा छ , सुपरडुपर हिट हुन्छ भन्न सक्दिन दर्शकको उपस्थिितिमा भर पर्छ , यो एउटा महिला खेलाडीले गरेको संघर्षको कथा हो र यसको उदेश्य उनै पात्र अञ्जिला तुम्बाप्पो सुब्बाको घर निर्माणको अभियान हो । तर फिल्म प्रिमियर भैसकेपछि अञ्जिलाले भने आफ्ना् माइन्ड डाइभर्ट गरेर घर भन्दा नी म जस्तै दुख पाएका दिदी बहिनीहरुलाई सहयोग गर्न एउटा एकेडेमी बनाउन पाए हुन्थ्यो भनेकी छन् हेरौ अब के हुन्छ ।
फिल्ममा एन्जिला तुम्बाप्पो सुब्बा , दयाहाङ राई ,सृजना सुब्बा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ । फिल्म अञ्जिलालाई निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ र सह निर्माता विनोद अग्रवालले निर्माण गरेका हुन । नेपालमा फिल्म रिलिज भैरहंदा मुख्य पात्र एन्जिला भने युरोपको ग्रिसमा फुटबल खेलीरहेकी छन् ।

निर्देशक मिलन चाम्लीङ राई, मिलन चाम्ससंग गरीएको भिडियो कुराकानी 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय