एनटीभीए अध्यक्ष बास्तोलाको प्यानल सार्वजनीक

२०८० भाद्र १८, सोमबार ०६:४४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल पर्यटक यातायात व्यवसायी संघको एनटीभीए अध्यक्षमा बेदराज बास्तोलाले आफ्नो प्यानल नै घोषणा गरेर संघको नेतृत्व आफुले गर्ने बताएका छन् । संघको आगामी मंगलबार १९ गते २० औँ बार्षिक साधारणसभा हुँदैछ ।

बेदराज बास्तोलाको प्यानल मा बरिष्ठ उपाध्यक्षमा काभ्रेका सफल ब्यबसायी तथा समाजसेवी रमेश गौतम , दित्तीय उपाध्यक्षमा बिनोद तामाङ, महासचिबमा केदारनाथ कट्टेल, सचिबमा तेज लामा, कोषाध्यक्षमा रामकुमार बस्नेत, सदस्यहरुमा टेक पुन मगर, नकुल तिमल्सिना, राम आचार्य र नबराज अर्यालको टिम रहेको ।

अध्यक्षमा उम्मेदवारी दिएका बास्तोलाको प्यानललाई संघका पूर्व अध्यक्षहरुको समर्थन रहेकाले प्यानलकै जित निश्चितप्रयायः रहेको दावी बास्तोला समूहको छ । पूर्व अध्यक्षद्वय रामशरण कार्की र साङ्गे लामा, पूर्व प्रथम उपाध्यक्षत्रय सुनिल श्रेष्ठ, राजकुमार लामा र भिम गोले लगायतका अधिकंश यातायात ब्यबसायीहरुले बास्तोला प्यानललाई समर्थन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय