टानमा एमाले माओवादीका उम्मेदवारलाई हराउँदै कांग्रेसका बास्तोला प्यानल बिजयी

२०७९ श्रावण ३१, मंगलवार ०२:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा एमाले माओवादीका उम्मेदवारलाई हराउँदै कांग्रेस निलहरि बाँस्तोला विजयी हुनुभएको छ ।

बाँस्तोलाले ६१६ मत ल्याएर विजयी हुँदा रामप्रसाद सापकोटाले २६४ र बोधराज भण्डारीले ४४ मत ल्याउनुभएको छ ।

बाँस्तोला समूहबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई र कोषध्यक्षमा पुरुसोत्तम तिमल्सिना निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा रामप्रसाद बन्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र रामप्रसाद ुापकोटा कमलको प्यनलबाट एमका मात्र सदस्य कृष्ण परियार निर्वाचित हुनुभएको छ ।  निर्वाचनमा ९५१ मत खसेको थियो । साउन ३० गते ह्यात होटलमा टानको ३ बर्षको साधारण सभा एकेैपटक गरीएको थियो तत्पश्चात नयाँ नेतुत्व चुनावी प्रकृयाबाट चुनिएको हो ।

कस्को कति मत पाए

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय