पर्यटन व्यवसायी कमल सापकोटाले टान नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
माओवादी केन्द्रमा आस्था राख्ने पर्यटन व्यवसायीको संस्थाले कमल सापकोटालाई आगामी साउन ३० गते हुने टानको निर्वाचनमा
सापकोटालाई नै आधिकारिक नेतृत्वका लागि उम्मेदवार बनाउने भएको छ ।
माओवादी कोटाबाट हाल टानको महासचिव रहेकी सरिता लामाले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि आन्तरिक सहमतिपछि सापकोटालाई समर्थन गरेकी छन् ।
भिटोफ नेपालको अध्यक्ष समेत भइसकेका सापकोटा आफैमा सफल पर्यटन व्यवसायी हुन् । उनको पर्यटन क्षेत्रको योग्दान, भूमिका र क्रियाशिलताका कारण पनि पर्यटन व्यवसायीमाझ लोकप्रिय रहेका छन् ।


