पोखरामा खुल्यो फिस्टेल ड्रिमपार्क

२०७९ श्रावण १६, सोमबार ०३:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरामा ५० करोड लगानीमा अन्तर्राष्ट्रिय स्तरको वाटरपार्क सञ्चालनमा आएको छ । फिस्टेल ड्रिमपार्क नाममा सञ्चालनमा आएको ड्रिमपार्कलाई पोखराकै मनोरन्जल केन्द्रका रुपमा स्थापित गराउने उद्देश्यले निर्माण गरिएको सञ्चालक भरत गौतम ले जानकारी दिए ।

इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका गतिविधिमा रमाउन सुबिधा पार्कमा रहेको छ ।

पार्कको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको छ । जसमा बालबालिकाका लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । यस्तै, वाटर पार्कको प्याकेज १ हजार दुई सय र ड्राइपार्क प्याकेज ४५० रुपैयाँमा उपलब्ध छन् । प्रवेशपछि सीमित खेल खेल्न चाहनेका लागि प्रति खेलको १५० देखि ३०० रुपैयाँसम्म लाग्नेछ ।

पानीमा खेलिने, गर्मीमा खेलिने खेल मात्र नभई पानी नचाहिने खेल पनि पार्कमा राखिएका छन् ।

६५ रोपनी जग्गामा फैलिएको पार्कमा विभिन्न खेल गरेर ५ हजार मानिसहरू एकै पटक रमाउन सक्छन् । पार्कमा करिब सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको छ ।

पार्कमा जान निजीमात्र नभई एयरपोर्टबाट ढुंगेसाहु, सीतापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय