ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा विजयी ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा विजयी भएका छन् शर्मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।
शनिबार भएको निर्वाचनमा ७७२ मत प्राप्त गरी शर्मा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ध्रुव अधिकारीले ५६८ मत प्राप्त गरे ।
निर्वाचनमा अधिकारीको प्यानलबाट पाँच जना सदस्य निर्वाचित भएका छन् ।
शर्माको अन्य सदस्यमा प्यानलै विजयी भएका छन् ।उपाध्यक्षमा गीता गुरुङ, सहदेव धमला र प्रश्रय राजभण्डारी विजयी भएका छन् ।
महासचिवमा राजिव पाण्डे विजयी र सचिवमा रामचन्द्र गिरी विजयी भएका हुन् । कोषाध्यक्षमा पुण्य राज लागेजु विजयी भएका छन्।
त्यसैगरी, सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला सिंखडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेन्जीङ लामा र लालबाबु चौधरी विजयी भएका छन्।
निर्वाचनमा कुल मत १ हजार ३९७ मत खसेको थियो । परिषदको कुल मतदाताको संख्या १ हजार ५९९ रहेको छ ।


