डीअार्इजी बस्नेतको नेतृत्वमा ‘शक्तिशाली’ छानबिन समिति गठन

२०७५ भाद्र ३१, आईतवार १२:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न ‘शक्तिशाली’ समिति गठन गरिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एजआईजी) बढुवामा सिफारिस भएका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा  समिति गठन गरिएको हो ।

यसअघि यसै प्रयोजनका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिको दायरा फराकिलो बनाउँदै प्रहरी प्रधान कार्यालयले डीआईजी बस्नेतको नेतृत्वमा समिति बनाएको हो ।

यो समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती , कमी कमजोरीको छानबिन र अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने प्रहरी हेडक्वाटरका प्रवक्ता एसएसपी शैलेस थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय