
देशकै संघिय राजधानी काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले सबैलाई चकित पार्दै फराकिलो मतान्तरमा मेयर पदमा बिजयी भए जस्ले दलहरुलाई ठुलो झट्का लाग्यो नेपाली राजनीतिमा एउटा ईतिहांस बन्यो ।
काठमांडौ महानगरपालिकाका मेयरमा बिजयी स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१ हजार ७ सय ६७ मत प्राप्त गरी बिजयी भएका हुन । २३ हजार ४ सय २६ मतले निकट्तम प्रतिद्धन्दी नेपाली कांग्रेस्की सृृृजना सिंहलाई हराउँदै बालेन शाह काठमांडौको मेयरमा बिजयी भएका हुन ।
उनका निकट्तम प्रतिद्धन्दी गठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसकी सृजना सिंहले ३८ हजार ३ सय ४१ मत प्राप्त गरीन भने नेकपा एमालेका उम्मेद्वार केशव स्थापीतले ३८ हजार १ सय १७ मत प्राप्त गरे ।
यस्तै, देशकै ठूलो महानगरमहानगरपालिका पोखराको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभएको छ । एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै आचार्य निर्वाचित हुनुभएको हो ।
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी हुनुभएको छ । एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भयो ।
ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो पटक निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गर्नुभएको हो ।
वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतान्तरले पराजित गर्दै सिंह निर्वाचित हुनुभएको हो ।,
विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गर्दै कोइराला निर्वाचित हुनुभएको हो । स्थानीय तह निर्वाचनमा २०७९ प्रमुख प्रतिपक्षी दल एमाले ६ वटै महानगरपालिकामा पछि पर्यो ।
रोचक पक्ष त के छ भने यि मतगणना शुरु भएदेखि ६ महानगरका मेयरहरु अगाडि लाग्न थालेपछि अन्तिम समयसम्म पछाडि फर्केर हेर्न परेन । आफ्नो निकटतम प्रतिद्धन्दीसँग हज्जारौको मतान्तरमा बिजयी भए । मत गन्दा गन्दै मतान्तर भन्दा भोट गन्ने संख्या कम् भएपछि बिजयको सुनिश्चित भएर पनि मेयर घोषणाको लागि समय पर्खनु पर्यो ।