राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

२०८२ चैत्र १२, बिहीबार ०६:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त भएका आदर्शकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । उनले बुधबार कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई कोषका सदस्य सचिव डा। नरेश सुवेदीले कार्यालयमा स्वागत गरे । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले उनलाई मनोनीत गरेकी थिइन् ।

कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनीत गर्नसक्ने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई मनोनीत गरेकी थिइन् ।
श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए । आफ्ना प्रमुख स्वकीयलाई नै कोषमा मनोनीत गरेपछि प्रधानमन्त्री कार्कीको आलोचना समेत भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय