प्रचण्डको रीफ्रेसमेन्ट गन्तब्य सुकुटे

२०७५ असार ३०, शनिबार १६:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रचण्ड पटकपटक रीफ्रेसमेन्ट भन्दै सिन्धुपाल्चोकको सुकुटे
पुग्ने गरेका छन् । यस पटक शनबार पत्नी सिता दाहालको उपचार पश्चात सपरिवार सुकुटे पुगेका छन् ।

पुर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवार लिएर आरामका लागि भन्दै शनिबार दिउँसो सुकुटे पुगेका छन् ।

प्रचण्ड आरामका लागि भन्दै शनिवार परिवारसहित सिन्धुपाल्चोकको सुकुटे पुगेका हुन् ।

आराम गरेर भोली राजधानी फर्कने कार्यक्रम छ।’

प्रचण्ड पत्नी सीतासहित खानेपानीमन्त्री विना मगर,नेकपाका नेता अग्नी सापकोटा अर्को नेता एवं पुर्व गुहमन्त्री जनार्जन शर्मा प्रभाकार लगाएतका अन्य नेताहरु समेत सुकुटे पुगेका हुन् ।

एमाओवादी केन्द्रका अध्यक्ष हुँदा पनि पटक–पटक सुकुटे बीच रिसोर्टमा गएर आराम गर्ने गर्थे । अध्यक्ष दाहाल सुकुटे पुगेपछि भने सिन्धुपाल्चोकका नेकपाका नेताहरु त्यहाँ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय