डक्टर गोविन्द केसीको हाजीर चेक गर्न प्रधानमन्त्री ओलीको निर्देशन

२०७५ असार २०, बुधबार १७:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पन्ध्रौ पटक जुम्ला पुगेर अनसन बसेका डक्टर गोविन्द केसीको हाजीर चेक गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएको स्रोतले बताएको छ ।

सरकारी कर्मचारी हाजीर कार्यलयमा हाजीर भए नभएको जानकारी लिएर कारवाही गर्ने पक्षमा यतिबेला प्रधानमन्त्री ओली रहेको बुझीएको छ ।

यता अनसनमा बसेका डाक्टर गोविन्द केसीको जुम्लामा स्वास्थ्य स्थििति कम्जोर भएकोले शिक्षा मन्त्री गिरिराजमणी पोख्रेलले भने हेलीकप्टेरबाट चित्तवन या काठमांडौ ल्याई उपचार गर्नुपर्ने अडानमा छन् ।

पटक पटक स्वास्थ्य क्षेत्रमा भएको विकृति र मेडीकल कलेजलाई सम्बन्धन दिननहुने लगाएतका माग राख्दै डक्टर गोविन्द केसी अनसनमा बसीरहेका छन् ।

तर यतिबेला सरकारमा रहेका सांसद तथा प्रतिपक्षमा रहेका राजनैतिक दलका नेताहरुनै डक्टर केसीको पक्ष र बिपक्षमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय