तड्पाई तड्पाई मेरो छोरालाई मार्ने गोरे पनि तड्पीएर मरेको हेर्न चाहन्छु ,
पुलीसले समातेको छ क्यारे सकेसम्म फा“सी दियोस गोरेलाई नभए जन्म कैद होस ।
३३ केजी सुन तस्करमा संलग्न उर्लाबारी मोरङका सनम शाक्यको आमाले रुदै भनीन ।
अहिले गोरेले मैले सनमको हत्या गरेको हैन भन्छरे कस्ले पत्याउंछ त्यस्ले मेरो छोरालाई करेन्ट लगाएर तड्पाएर मारेको भिडियो छ ।
अहिले सरकारले नी त्यो भीडीयो देखाउदैन रे गोरेले हैन भन्छ रे त्यसको परिवार र संलग्न सबैलाई जन्म कैद हुनुपर्छ हत्या गरीएका सनम शाक्यको आमाको माग छ ।

छोराले यस्तो काम गर्छ भन्ने थाहा थिएन , ठेक्कापट्टा गर्छु भन्थ्यो ,सनमको श्रीमतीसंग सनमले कुरा गर्दा दाई मसंग हुनुहुन्छ भनेर गोरेले फोन उठाउथ्योरे ।
मेरो छोराको हत्यारा गोरे पनि त्यसैगरी तड्पीएर मरेको हेर्ने चाहना छ सनमको आमाले भनिन अब के गर्न सकिन्छ र ।
यता जेल चलान भएका गोरेले भने आफुले नभै सनमको हत्या साथीहरुले गरेको बयान दिइरहेका छन् ।


