
शनिबार विश्व ध्यान दिवस बिभिन्न कार्यक्रम गरेर मनाइदै छ । काठमांडौको टुडीखेलमा गरीएको कार्यक्रममा प्रधनामन्त्री केपी शर्मा ओली पनि सहभागि भए । टुडीखेलमा स्वामी आनन्द अरुण, सन्तोष केडिया र एलपी भानु शर्माले ध्यानका विभिन्न अभ्यास गराएका थिए ।
विश्व ध्यान दिवस, २०८१ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सैनिक मञ्च–टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्माओलीले युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन् । ओलीले हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति कायम नहुने भएकाले सकारात्मक चिन्तनका साथ ध्यान र योगलाई अपनाउन आग्रह गरे।