तिहार नजिकिदै गर्दा सयपत्री माला गैहकानुनी बाटोबाट चोर पैठारी हुनसक्ने भएकाले स्थानीय तह, किसान संघ, महासंघ लगायत सम्बन्धीत निकायहरुलाई निगरानीको लागि नर्सरी तथा पुष्प उत्पादक संघले ध्यानकर्षण गराएको छ । सोमबार एक प्रेस बिज्ञप्ती जारी गरी संघले संचार माध्यममा देश भित्र माग अनुसारको सयपत्री माल उत्पादन नभएकाले अन्य मुलुकबाट फूल आयात गर्नुपर्छ भन्ने तथ्यहीन समाचार सम्प्रेषण गरी भ्रम फैलाएकोमा आपत्ती समेत जनाएको छ । संघका अध्यक्ष कुमार कसजुले बिज्ञप्ती निकाल्दै भने “सयपत्री फूल तथा माला आयात गर्नुपर्छ भन्ने समाचार भ्रामक छ नेपालमै सयपत्री फूलको बिस्तार भैरहेकाले बजारको माग अनुसार नेपालमै उत्पादन भएको फूलले पुग्छ गत बर्षपनि यस्तै भ्रम फैलाइएको थियो ,यस्ता भ्रामक सुचना नदिन पनि सम्बन्धीत जिम्मेवार ब्यक्तिहरुलाई अनुरोध छ ।” सयपत्री माला एक सय भन्दा बढी नपर्ने हुनाले अनुगमन तथा नियामक निकायहरुसंग समन्वयको लागि समेत बिज्ञप्तीमा अपिल गरीएको छ ।
सयपत्री माला चोरी पैठारी हुनबाट रोक्न ध्यानकर्षण
२०८१ कार्तिक १३, मंगलवार ०२:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: Sunkesari मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Webbank Nepal