नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नर्सरी फूल ब्यवसायलाई राज्यले प्रोत्साहन गरे युवाहरु बिदेश पलायन हुनबाट रोकीने बताउनु भयो ।तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ काठमांडौको भृकुटीमण्डपमा शुक्रबारबाट शुरु भएको “तिहार फ्लोरा एक्स्पो २०८१”को तेश्रो दिन एक्सपो अवलोकन गर्न पुगेका नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले एक्सपोमा युवाहरुले बढी फूल तथा नर्सरी ब्यवसाय गरेर प्रगती गरेको देख्दा खुशी लागेको र युवाहरुलाई बिदेश पलायनबाट रोक्न यस्ता ब्यवसायलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नर्सरी ब्यवसायीसंघले गत शुक्रबारबाट गरेको पांच दिने एक्सपोमा राखीएका सबै स्टलहरु अवलोकन गरी ब्यवसायीहरुसंग साक्षात्कार गरेका थिए । आफुलाई पनि फूल बिरुवाहरु धेरै मन पर्ने भएकाले तिहार फ्लोरा एक्सपो अवलाृकन गर्न भृकुटीमण्डप आएको बताउदै आफुले ब्यवसायीहरुको समस्यालाई सक्दो सहयोग गर्ने बताए । तिहार फ्लोरा एक्सपो मंगलबारसम्म चल्ने छ ।
फोटो फिचर