मेक अप आर्टिस्ट तथा ब्युटिसियन नमिता शर्मा लामो समय देखि शृगारको क्षेत्रमा आबद्ध छिन । शर्मा चिरपरिचित ब्युटिसियन हुन । सिटी सेन्टरमा उनको आफ्नै न्यामी बाई लुजा नामक मेक अप स्टुडियो तथा पार्लर रहेको छ । उनलाई भ्याइनभ्याई हुन्छ । झन चाड्पर्वमा त विशेष नै हुने भैहाल्यो । नमिताका अनुसार आफ्नो न्यामीमा आउनेहरुको लागि हेयर केराटीन ,नेल आर्ट लगाएत विभिन्न सेवामा छुट पनि दिएको छ ,विशेष गरी न्यामीमा गुणस्तरीय सेवाका साथ सबैलाई सुन्दर बनाउने क्रम अनुभवी ब्युटिसियनले प्रदान गरिरहेका छन ।
यसपटकको दशैमा उनको केही योजना नभएको सुनाइन । दशै भन्ने बित्तिकै नयाँ कपडा लाउन पाइने ,मिठो खान पाईने साथै दक्षिणाको खुब लोभ हुन्थ्यो बच्चामा खुब फुर्फुर भैइन्थ्यो, तर अब त्यो समय रहेन जिम्मेवारी बढ्यो उनको भनाई छ । उनी आफ्नै न्यामी बाई लुजामा कस्टमर सग ब्यस्त हुन्छिन । सबैतिर बाढी पैरोले बिचलित बनाको छ यो बर्ष खासै रौनक पनि छैन कहिलेकाही येसो साथीहरूसग घुम्न जाउ कि भन्ने लाग्छ तर समय मिलेको छैन आफ्नै ममीसग र काममै येस्पालीको दशै बित्छ ।