दोश्रो तिहार फ्लोरा एक्सपो २०८१ को उद्घाटन तस्वीरमा

२०८१ कार्तिक ९, शुक्रबार १७:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ तिहार फ्लोरा एक्स्पो २०८१ शुक्रबारबाट काठमांडौको भृकुटीमण्डपमा शुरु भएको छ । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले एक्सपोको उद्घाटन गर्नु भएको हो ।तिहार लक्षित एक्सपोमा गोदावरी, मखमली लगायत नर्सरी फलफूल कृषि बन तथा जडिबुटीहरुको प्रदर्शनी स्टल राखिएको छ ।

एक्सपोमा ६५ वटा व्यवसायीक स्टललगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिस्पर्धाका २ वटा स्टल सहित जम्मा ७० वटा स्टल रहेको छ । मेलामा ३५ हजारले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकको छ । सातसय बढी प्रजातीका फूल नर्सरी तथा बोट बिरुवाहरु एकै ठाउमा पाईने तिहार फ्लोरा एक्सपो २०८१ आगामी मंगलबार सम्म जारीरहने छ । उद्घाटन समारोहका फोटो फिचर:

   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय