खसी भेडा च्याङ्रा बिक्री नभएपछि ब्यापारीको दशैं सडकमै

२०८१ आश्विन २४, बिहीबार १६:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

उपत्यका बाहिर बाट दशैमा बिक्रीका लागि ल्याइएको खसी भेडा तथा च्याङ्रा फूलपातीको दिनसम्म बिक्री भैईनसक्दा ब्यापारीहरु सडकमै खसी भेडा कुरेर बसीरहेका छन । सिन्धुली बाट एक सय पचास ओटा खसी लियर काठमाडौ आएका भीम आले सहित तीन ब्यापारी फूलपतीको दिन काठमाडौ सुकेधारा स्थित सडकको साइडमा खसी कुरेर बस्दा ग्राहक किन्न न आउदा दिक्क देखिन्थे । उनिहरुले सात सय रुपैयाँ किलोको दर ले खसी बेच्ने गरेको बताए ।

यसपटक छिटो खसी बिक्री नहुदा दशैं सडकमै बित्ने उनिहरुको अनुमान छ । यि खसी भेडा च्याङ्रा काठमांडौ भित्राउनुको पीडा पनि ब्यापारीलाई कम् छैन यसपाली । यसपटक बाढी पहीरोले बाटोघाटो नहुदा धेरै शास्ती खेप्नु परेको उनिहरुको गुनासो छ । यतिसम्मकी ३५ हजार भाडा लाग्ने ठाउमा ९५ हजार तिर्नु परेको उनिहरुको पीडा छ त्यस्तै बाटोमा अनेक समस्या प्रहरीले उस्तै दुख दिने पैसैले सबैतीर मिलादा घाटा खेप्नु परेको पीडा ब्यापारीहरु नमिठो तरिकाले सुनाउंछन् सडकमै धेरै संख्यामा खसी लिएर बस्दा आफुले बिक्रीको लागि लिएर आएको खसी नै चोरी भएको पनि उनिहरुको गुनासो छ ।

ओखलढुंगा देखि दुई सय ओटा खसी लिएर आयका ब्यापारीको पनि उहि हालत छ भने दार्चुला देखि एक सय पचास बढी भेडा च्याङ्रा लिएर आयेका खडक टम्माटाको समुहको पनि उस्तै पीडा छ उनी भन्छन “तेत्रो बाटो बल्ल बल्ल आइयो बिक्री हुदैछ येतिकै जाने कुरा भएन हेरौ अब एक्दिन बाकी छ दशैमा घर पुगिन्छ कि यहि सडकमा बास हुन्छ ।” त्यसो उनिहरु बिना सुरक्षा खसी भेडा च्याङ्रा लिएर सडकमा बसीरहेका छन् । खसी भेडा च्याङ्रालाई राख्ने ब्यवस्थीत ठाउ पनि छैन र दानापानी घांस पनि छैन । उनिहरु एकै स्वरमा भन्छन् भन्छन् ” गर्नु बर्ष दिनमा एक दुई पैसा ह हुन्छ की भनेर ब्यापार गरौं भन्यो यस्तै छ”, यी ब्यापारीहरुले दशैलाई लक्षित गरेर बिक्रीको लागि लिएर आएको खसी ७ केजी र भेडा च्याङ्रा ८ सय रुपैयाँ केजीको दरले बेचिरहेका छन ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय