तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ काठमांडौको भृकुटीमण्डपमा शुक्रबारबाट शुरु भएको “तिहार फ्लोरा एक्स्पो २०८१” दोश्रो दिननै प्रभावित बनेको छ । बिहिबार नेपाल कम्युनिष्ट माओवादी केन्द्रले खबरदारी आन्दोलन भृकुटीमण्डपको मुख्य गेटमा नै राखेपछि तिहार फ्लोरा एक्सपो अवलोकन गर्न पुग्ने उपभोक्ताहरुलाई आवजावत गर्न गार्हो भैरहेको छ । आयोजक नर्सरी ब्यवसायी संघ नेपालले भृकुटीमण्डपमा भैरहेको तिहार फ्लोरा एक्सपोमा अवलोकन गर्न बिहिबार अर्थात आजको लागि रत्नपार्क पुरानो बसपार्क हुदै पर्यटन बोर्डको गेट प्रयोग गरी आवतजावत गर्न सुचना निकालेको छ ।
चैत्र महिनामानै भृकुटीमण्डपको प्रदर्शनीस्थल बुक गरेर ब्यवसायीहरुलाई केही राहात होस भनेर शुक्रबारबाट मेला शुरु गर्यो शनिबार धेरै अवलोकनकर्ताहरु आउने हुनाले हामीले त्यसैलाइए लक्षित गर्यो तर आजै यस्तो भयो नर्सरी ब्यवसायीसंघ नेपालका अध्यक्ष रामजी तिमिल्सेनाले भने उनले थपे हामीजस्तो किसान कुटो कोदालो गर्नेलाई कहिले सरकारले राजनैतिक दलहरुले आफ्नो स्वार्थले गरीखान दिएन आज सबै स्टल ब्यवसायीहरु तनावमा छन् , सबैले धेरै खर्च गरेर स्टल राखेका छन् गाडी भाडा फूल बिरुवा यत्तिकै ओइलाउंछ आउने बाटोनै रोकीदिएपछि के गर्ने ,अब हेरौ पर्यटन बोर्डको बाटोबाट घुमेर कति आउलान र गार्हो छ ।
एक्सपोमा ६५ वटा व्यवसायीक स्टललगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिस्पर्धाका २ वटा स्टल सहित जम्मा ७० वटा स्टल रहेको छ । मेलामा ३५ हजारले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकको छ । सातसय बढी प्रजातीका फूल नर्सरी तथा बोट बिरुवाहरु एकै ठाउमा पाईने तिहार फ्लोरा एक्सपो २०८१ आगामी मंगलबार सम्म जारीरहने छ ।