सम्बन्ध बिच्छेद निजी कुरा हो भन्दै देबीले सोधीन बडीगार्ड राख्दा गर्व लाग्दैन ?

२०८१ श्रावण १४, सोमबार २०:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कथा बाचिका देबी प्रतिभाले सम्बन्ध बिच्छेद शास्त्रमा नभएको स्पष्टीकरण दिएकी छन् । पशुपतिनाथ मन्दिर हंसमण्डपमा चलिरहेको कोटीहोम महायज्ञमा देबी प्रतिभाले कथा बाचन गर्दा सम्बन्ध बिच्छेद शास्त्रमा नभएको र आफ्नो पति जस्तो भएपनि मान्नु पर्ने भन्दै कथा बाचन गर्दा सामाजिक संञ्जालमा उनको चर्को बिरोध भैरहेको थियो ।

१४ दिनसम्म कथा बाचन गरेकी देबी प्रतिभाले आफु बिदा हुदै गर्दा पत्रकाररुसंग साक्षात्कार गर्दै भनिन  “मैले प्रबचन दिंदा जहिले नारीलाई खुशी राख्नु पर्छ सम्मान गर्नुपर्छ भन्छु , तर शास्त्रमा सम्बन्ध बिच्छेद गर्न हुदैन भन्ने उल्लेख छ तर अहिले कानुनमा सम्न्ध बिच्छेद छ यो निजी कुरा हो यति मात्र भनेको हो , पुरुषले नारीलाई ,नारीले पुरुषलाई बराबर सम्मान गर्नुपर्छ ।” बडीगार्ड के को डरले भन्ने प्रश्नमा देबी प्रतिभाले जवाफ फर्काइन इन्डीयामा धेरै भक्तजनहरुको भीड भएकाले सरकारले नै प्रहरी सुरक्षा समेत दिने गरेको छ यता पनि भिडमा केही नहोस भनेर मात्र हो खासै केहीको डर नभएको उनले बताईन , भनिन नेपालको छोरीले यत्रो सम्मान पाउदा तपाईहरुलाई पनि गर्व लाग्नु पर्ने हो , के तपाईहरुलाई गर्व लाग्दैन ?

त्यस्तै उनले दान आफ्नो इच्छाले गर्ने हो गरेपनि ठिकै नगरे पनि कसैले जबर्जस्ती गर्दैन भन्दै आफुलाई नेपालमा धेरै माया र सम्मान पाएकोमा खुशी ब्यक्त गरीन । साउन महिनाभर चल्ने कोटीहोम महायज्ञमा सोमबारबाट कथा बाचक देबी प्रतिभा र प्रबिण पण्डीत दिनबन्धु पोखरेलको बिदाई गरएिको छ भने मंगलबार बाट अन्य कथा बाचकहरु प्रस्तुत हुने छन् ।

Divorce ,करोडौं पैसा लिएको प्रश्नको जवाफ दिदै ,बडिगार्ड राख्दा गर्व छैन ? भनिन देबि प्रतिभाले (youtube.com)

बडिगार्डको चर्को बिरोधपछि देबि प्रतिभाले कोटिहोममा नै स्पस्टिकरण दिएर बिदा भईन (youtube.com)

देबि प्रतिभा धरधरी रोइन बाबुछोरीको कथा भन्दै हज्जारौं भक्तलाई रुवाइन pashupati kotihom mahayagya (youtube.com)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय