
बक्सीङ खेललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बिस्तार गर्न र युवा पुस्तालाई बक्सीङ खेल प्रति आकर्षीत गर्ने उदेश्यले फाइट क्लब प्रमोशनले ग्रान्ड फाइट नाइट २०२३ सम्पन्न गरेको छ ।
शुक्रबार पौष ३० गते बौद्ध ६ तिनचुली स्थित फाइट प्रमोशन क्लबको आफ्नै हलमा सम्पन्न भएको ग्रान्ड फाइट नाइट २०२३ मा ६९ ,६३ र ५७ तौल केजी समुहका खेलाडी बीच नकआउट खेल भएको थियो ।
६९ तौल केजी समुहमा भरत चन्दले तोबिन प्रधानलाई हराउँदै बिजेता बने भने ६३ केजी तौल समुहमा भुगोल लिम्बुलाई पराजीत गर्दै महेन्द्र चन्द बिजयी बने । ५७ केजी तौल समुहमा रोहन माल्लीकलाई हराउँदै सुमन नेपाली बिजेता बने । प्रत्येक समुहमा बिजेताहरुलाई नगद रु १५ हजार पुरस्कार प्रदान गरियो भने उपबिजेताहरुलाई नगद रु १० हजार प्रदान गरीयो ।
कार्यक्रममा काठमांडौ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष भुवन लामाले बक्सीङ खेल बिसतारको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । फाइटक्लब प्रमोशन क्लबका अध्यक्ष तथा खेलाडी मान गुरुङले खेलाडीको मनोबल उच्च राख्दै युवाहरुको बक्सीङ खेलपति आकर्षणको लागि निरन्त्र यस्ता कार्यक्रमहरु गरीरहने बताउनु भयो । फाइटक्लब प्रमोशन क्लब २०७४ मा स्थापना भएको हो ।
हाल बौद्ध स्थित तिनचुलीमा रहेको क्लब शारीरीक स्वास्थ्यका लागि आवश्यक कसरत गर्ने थलो बनेको । जहाँ जुम्बा , जीम , बिभिन्न गेमहरु खेल्न सकिन्छ ।
समारोहका तस्बीहरु