
नेवारी समुदायमा परम्परा देखि बालीकाहरुको लागि गरीने बेल विवाहको आफ्नै मह्तव रहेको छ ।
यो वेल विवाहलाई पछिल्लो समय यौन शिक्षाको रुपमा लिने गरीन्छ । रजस्वला हुनुभन्दा अगाडि बालीकाहरुलाई दुलही बनाएर अब जिवनले किशोरी तर्फको मोड लिंदैछ , अर्को घरमा विवाह गरेर जानुपर्छ भन्ने कुराको ज्ञान वेलविवाह उत्सवबाट हुने सामाजिक अभियान्ता तथा चाबहिल लायन्स क्लबका पुर्व अध्यक्ष विमल होडा बताउंछन् । उनका अनुसार
काठमाडौं उपत्यकाको नेवारी सस्कृतिमा परम्परागत गरिने वास्तबमा धार्मिक परम्परा वा अनिवार्य जीवन पद्धति बनेका बेल विवाह जिवन्त सस्कृती अनि आधुनिक रुपमा परिभाषित गर्ने हो भने बालिकाको स्वास्थ वा यौनशिक्षा को रुपमा दिइने बैज्ञानिक जनचेतना को प्रारम्भिक अभियान नै हो । बेल विवाह गरेपछि कहिले बिधुवा हुनुनपर्ने मान्यता नेवारी समुदायमा रहेको छ ।
बालिकाहरुको रजस्वला हुनु अगावै स्वास्थ सम्बन्धी जगरुक हुनुपर्ने यौनशिक्षा लाई सास्कृतिक रुपमा सचेत गराउनु नेवारी सस्कृतिको ओजिलो पहिचान हो ।
यो प्राकृतिक परिवेशमा बालिकाहरु प्रती र समाजमा बालिका बाट किशोरी हुन तर्फ उन्मुख हुने सारिरिक परिवर्तन सगै त्यस बाट सचेत गर्ने अभियान को रुपमा सुन अर्थात सुबर्ण को नारायण भगवानको प्रतिमा बेल (फलफूल )मा टासिंएको वर अर्थात दुलाह जो सर्वगुण असल आचरण भयेको सम्पन्न आफुलाई मन पर्ने सक्षम पति रोजि भबिष्यमा आफ्नो मातापिताले सुवर्ण कुमार ( बेल नारायण भगवान प्रतिमा सहित )सुबर्ण कुमारीको रुपमा कन्या दान दिएको हुनाले यस बाट सामाजिक अनुसासनमा रहि आफ्नोे घर परिवार को सस्कृती धार्मिक परम्परा अनुसार आचरण गर्न सिकाउनु बले विबाह को उदेश्य रहेको नेवारी समुदायको भनाई छ ।
वास्तवमा नेवारी सस्कृतिमा बालिकाको रुपमा रजस्वला हुनु अगाडी नारायण भगवानको परिकल्पना गरिएको प्रतिमा बेल संगै गरिने बिबाह पहिलो हो ।
नेवारी समुदायमा ,रजस्वला भएपछि वा हुने अवस्थामा सुर्य दर्सन ( गुफा ) गुन्यु चोलो दिने चलन दोस्रो पल्ट गरिने बिबाह यो दुबै बालिका बाट किशोरी अवस्था तर्फ शारीरीक रुपमा हुने परिवर्तन संगै यौन अनुशासन वा शारीरकि स्वास्थमा हुनुपर्ने चेतना दिलाउने जागरण अभियानको रुपमा लिने गरीन्छ ।
तेस्रो पटक गरिने साचो बिबाह उमेर पुगेपछि मन मिल्ने जीवन साथी वा मातापिताले रोजेको खोजेको युबक वर संगको बिबाह बाट जीवन यापन वा ब्रह्माण्ड को परम्परागत साचो निरन्तरता असल समाज र गृहस्थी निर्माणको लागि गरिने परम्परा कर्तव्य बोध गरि गरिने बिबाह हो । पछिल्लो समय बेल विवाहको चलन बिस्तारै हराउदै गएकोमा समाजिक अभियान्ता विमल होडान चिन्तीत छन् । र वेल विवाह तथा गुफा राख्ने कार्यक्रमलाई पछिल्लो समय सामुहीक रुपमा समेत गर्ने गरीन्छ ।