हर्क साम्पाङलाई ज्यान मार्ने धम्की

२०८२ चैत्र १६, सोमबार १०:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् ।

रास्वपा समर्थक सुनिता खड्काले टिकटकमा उक्त धम्की दिएको भन्दै उनलाई पक्राउ गरी कारबाही गर्न र आफूसहित परिवार र घरको सुरक्षा गर्न उनको माग छ । उनले भिडिओ र फोटो प्रमाणस्वरूप उपलब्ध गराएको जानकारी दिए ।

सोमबार बिहान उनले रास्वपाका समर्थकले आफूलाई मार्ने र घर जलाउने धम्की दिएको भन्दै ‘सुनिता खड्का’ नामक टिकटक आईडीको स्क्रिन सट राखेका थिए ।
आफूले प्रतिपक्षको भूमिका निभाइरहेको बेला धम्की आएको साम्पाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय