एमालेको कर्यवाहक अध्यक्षमा जिम्मेवारी रामबहादुर थापा ‘बादल’

२०८२ चैत्र १८, बुधबार १२:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेकपा एमालेको कर्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ । आज च्यासलमा पार्टी पदाधिकारीसहित संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष ओलीबाट बादललाई जिम्मेवारी तोकेको जानकारी गराइएको सांसद ऐन महरले जानकारी दिए । ओली हिरासतमुक्त नभएसम्मका लागि बादल कार्यवाहक रहने उनले सुनाए ।

अध्यक्ष केपी शर्मा ओली भदौ २३ गतेको जेन्जी आन्दोलनमा जिम्मेवार रहेको ठहर गर्दै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा थुनामा छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय