केपी ओली र रमेश लेखक पक्राउ

२०८२ चैत्र १४, शनिबार ०१:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचक्क्राईं गरी ज्यान मारेको’ अभियोगमा दुबै जनालाई पक्राउ गरेको छ । केपी ओलीको गुन्डु स्तित निवास र रमेश लेखकको निवास कटुन्जेमा ठूल सख्यामा प्रहरी पुगेर पक्राउ गरेको हो ।

तीन दिन अघि सार्वजनिक भएको जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूले लापरवाही गरेको ठहर गरेको थियो ।त्यही लापरबाहीको कारण ज्यान मार्ने घटना भएको उल्लेख गरेको थियो ।

प्रतिवेदनमा  पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता आपकर्षित हुने उल्लेख गरेको थियो ।

मुलुकी अपराध संहिताका २८१, २८२ र २८३  लाई कोट गर्दै प्रहरीले पक्राउ परेको छ ।  उक्त दफामा ‘हेलचक्र्याईं गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । हेलचेक्राईपूर्वक कसैको ज्यान मार्ने काम गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएको केही घण्टाभित्रै बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीहरु बाहेकका हकमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले पेश गरेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय