प्रधानमन्त्री बालेन्द्र शाहले १२:३४ को शुभसाइतमा शपथग्रहण गरे

२०८२ चैत्र १३, शुक्रबार १६:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले १२स्३४ को शुभसाइतमा शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिए ।शपथग्रहणका लागि ज्योतिषीलाई साइत हेराएर १२स्३४ को समय तय गरिएको थियो ।

प्रधानमन्त्रीको शपथ ग्रहण समारोह यसपटक पृथक रह्यो । शपथ अघि सात जना ब्राम्हण पुजारीले मन्त्रोच्चारणका साथ संखध्वनी गरेका थिए । १०७ जना बटुक र १०७ जना बौद्ध लामाहरूले मंगलवाचन पाठ गरेर कार्यक्रममा आध्यात्मिक माहोल सिर्जना गरे ।

शाहको शपथ समारोहका लागि तयार मञ्चमा लिम्बू समुदायको मौलिक सांस्कृतिक प्रतीक सिलाम साक्मा राखिएको छ । सिलाम साक्मा मृत्युको बाटो छेक्ने र सुरक्षा कवचको रूपमा विश्वास गरिन्छ । घरमा यसको प्रतिमा राख्दा प्राकृतिक विपत्तिबाट जोगिने विश्वास छ ।
संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय