पशुपति आर्यघाटमा जल्दै गरेको लाशको मासु किन बेचिन्छ

२०८२ श्रावण ३०, बिहीबार १८:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

लाशको समेत ब्यापार हुने ठाउ पशुपति आर्यघाट भनेर यतिबेला नकारात्मक चर्चा भैरहेको छ जस्का कारण त्यहां काम गर्नेहरुलाई यतिबेला नकरात्मक असर परिरहेको छ । पशुपति आर्यघाटमा दैनिक २५ भन्दा बढी लाश जलिरहन्छ । कहिलेकाही लाश नै आएन भने कुश या परालको नमुना लाश बनाएर जलाउने गरीन्छ ।

यतिबेला पशुपति आर्यघाटमा काम गर्नेहरु पनि त्रसित छन् कहिले नसुनिएको कुराहरु समाचारमा आउदा ,श्रावण २३ गते दिउसो एउटा जल्दाजल्दै लाशको मासु र हडी घाटे ब्राम्ह्णले नै ५ सय मा कसैलाई दिए भनेर सनसनीपुर्ण समाचार फैलीसकेपछि , यसका बिषयमा धेरै टिकाटिप्प्णी भैरहेको छ भने सोही क्रममा घाटे ब्राम्ह्ण गणेश ढकाल र उनका सहयोगिलाई अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ ,उनिहरुले प्रहरीलाई दिएको बयानमा मासु हडी दिएको सिव्कार गरेको बताइएको छ ।

कोही मान्छेले भगवननलाई चढाउन चाहिएको भन्दैे मागेको र कपुरको बटटामा राखेर आफुले कान्छी औंलाको टुप्पेको अंग दिएको घाटे ब्राम्हण ढकालले बयान दिएको र ४ सय आफुले लिएको र १ सय सहयोगीलार्इ दिएको प्रहरीको बयानमा भनिएको कुरा बाहिरिएको छ । तर प्रहरीले भने त्यो लैजाने मान्छे पत्ता नलागेसम्म तथ्य नखुल्ने बताउंदै अनुसन्धान जारी रहेको बताएको छ ।

त्यसो त मृत शरीर जलेपछि अस्तु सेलाउने चलन छ भने कतिपय नेवारी समुदायले खप्परको हडडी निकालेर बिधि गर्ने चलन पनि छ । कहिले पनि जलिरहेको लाशको मासु बेचेको नसुनिएको तर पशुपतिमा आउने र बस्ने अघोरी बाबाहरुले भने यस्ता कार्य गरेको होकी भन्ने आशंका धेरैले गरेका छन् । किनकी अघोरी सम्प्रदायले मान्छेको मासु पनि खान्छन भन्ने गरीन्छ ।

अघोरीहरुको बारेमा डरलाग्दो किस्सा सुनिने गर्छ ,उनिहरु नदीको छेउ मसानघाट या शबगृहबाट मृत शरीरको मासु संकलन गर्छन ,जलेका् लाशकै बीचमा मान्छेको खोपडीमा खान खान्छन् नागै घुम्ने मसानद्धाटमै सुत्ने गर्छन भन्ने अनेकन कथन छन् । अघोरी बाबाको बारेमा अध्ययन गर्ने हो भने बिभिन्न साइट तथा प्रकाशीत लेखहरुमा मान्छेको मासु खाने कुराहरु पनि उल्लेख छ भने सबै अघोरी त्यसता नभएपनि कोही कोही हुने उनिहरुले पनि स्विकार गरेका छन् । आफ्नो समुदायलाई यस्ता शंका उपशंका गरीरहंदा अघोरी उर्मिला धामी भन्छिन , सबैले त्यस्तो गर्दैन झुटको खेति हुन सक्छ बरु मसान मन्छीन खरानी भने निकालेको हुन सक्ने आशंका उनको छ ।

हिन्दु धर्मप्रति आस्था राख्नेहरुको लागि सर्बश्रेष्ठ पशुपतिनाथ मन्दिरमा कहिले भेटी कान्ड कहिले भ्रष्टाचार कहिले बिद्युतीय शबदह मेशीन किन्न करोडौको भ्रष्टाचार पशुपतिको जलाहरीनै गायब लगायत धेरै कान्डले नकरात्मक असर पार्दै गैरहेको छ । पबित्र पाशुपात क्षेत्रलाई दुर्गन्धीत तुल्याउन बाट रोक्न सरकारी निकाय चनाखो हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय