कोरोना संक्रमितको ब्यक्तिगत विवरण अहिलेसम्म नखुलाएपनि नायिका निरिशा बस्नेतले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक संजाल ईन्ष्टाग्राममा भिडीयो मार्फत् जानकारी गराएकी छिन्।
बस्नेतले सामाजिक सञ्जालमा आफ्नो भिडियो पोस्ट गर्दै कोरोना संक्रमित भएको र अस्पतालमा उपचारको क्रममा रहेको बताएकी छिन् ।
‘थाहै नपाई म पनि कोरोना संक्रमित भएछु ः उनले भनेकी छिन्, ‘अहिले अस्पतालमा उपचार गराइरहेकी छु र अहिले आत्तिनुपर्ने अवस्था छैन ।’ नायिका निरिशाले नेपाली फिल्म ‘जानी नजानी’ मा अभिनय गरेकी छन् । नायिका बस्नेत अभिनेता विश्व बस्नेतकी छोरी हुन् ।
तीन वर्षदेखि मुम्बईमा अभिनयमा सक्रिय नायिका बस्नेत भारतीय टेलिशृंखला ‘प्रेम नन्दिनी’ सहित थुप्रै टेलिसिरियलमा नायिका भएर काम गरिसकेकी छन् ।
नायिका निरिशालाई शिघ्र स्वास्थ्य लाभको कामना


