सातै प्रदेशमा चलचित्र छांयाकन र कलाकारसंघको भवन निर्माणको लागि बजेट

२०७७ जेष्ठ १६, शुक्रबार ०३:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाल चलचित्र कलाकार संघको भवन निर्माणार्थ बजेट विनियोजन गरेको छ ।

अर्थ मन्त्री डा युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ अनुमानित आयव्याय प्रस्तुत गर्दै नेपाली चलचित्र निर्माण गर्न प्रोत्साहन, कलाकार संघको भवन निर्माण, मौलिक चलचित्र निर्माण, देशैभर छायांकन स्थल लगायतका शीर्षकमा आवश्यक बजेट व्यवस्था गरेको घोषणा गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले सरकारले बजेटमा कलाकार संघलाई समेटेकोमा खुसी व्यक्त गरेका छन् भने सबै चलचित्रकर्मीहरुले सरकारले चलचित्र क्षेत्रलाई बजेटमा समेटेको भन्दै खुशी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय