गायिका मिलनको लकडाउन उपलब्धी के होला ?

२०७७ जेष्ठ ७, बुधबार १४:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कलाकारहरु यतिबेला केहि बोल्ने नसक्ने अवस्थामा छन् ,अन्य ब्यवसायमा आबद्ध भएकाहरुका लागि त स्थिति सामान्य भैसकेपछि बाटो खुल्छ , सरकारले राहात ,अनुदान दिन्छ तर म जस्तो गायन पेशामा लागेकालाई लाई कस्ले राहत दिन्छ न त स्थिति सामान्य हुने बित्तिकै हाम्रो काम र ब्यवसाय चल्छ हाम्रो काम भनेकै मासमा गएर मनोरञ्जन दिने हो त्यसैले अहिले कलाकारहरु केहि बोल्न सक्ने अवस्थामा छैनन ।

यो भनाई हो गायिका मिलन नेवारको । यो भनाईसंगै लोकप्रीय गायिका मिलन नेवार बोल्न थालिन लकडाउनको सन्दर्भमा । ५ हजारभन्दा बढि गितमा स्वर दिइसकेकस् गायिका मिलनको चलचित्रको पाश्र्व गितहरु समेत सुपरहिट छन् ।

१२ वटा भाषामा गित गाईसकेकी गायिका मिलन अहिलेको महामारीको रुपमा फैलीएको कोरोना भाईरस प्राकृतिक बिपत्ति भएकोले यस्ले कसैलाई नछोड्ने हुनाले सचेत हुन समेत उनले आग्रह गरेकी छन् ।
गायिका मिलन लकडाउनको दुई दिन अघि देखि घरमा रहेकी थिईन लकडाउन भएको चार दिन पछि उनको इजरायलमा म्युजिकल टुर थियो ,तर के थाह लकडाउन हुन्छ भन्ने सबैतिर बन्दाबन्दी भैसकेपछि बिदेश टुर सम्भवनै भएन ।

हरेक बर्ष विश्वका बिभिन्न मुलुकमा म्युजिकल टुरको लागि ब्यस्त हुने गायिका मिलनको युरोपका बिभिन्न मुलुक , जापान लगाएत धेरेै देशमा म्युजिकल टुर थियो जुन लकडाउनका कारण स्थगित भयो । हाल मिलन घरमै परिवारसंग बसेर रियाज गर्ने एक्सरसाईज गर्ने गरेर दिन बिताउछिन ।

मिलन भन्छीन लकडाउनको समयमा मेरो राम्रो उपलब्धी भनेको मैले सातवटा सबै प्रकारका गित लेखेर कम्पोज गरे अनि अरु एकजनाको शब्दमा समेत कम्पोज गरे आफुलाई गितकार र कम्पोजर पनि बनाएको छु लकडाउनका बेला । अब ति गितहरु छिटै आउछन ।

गायिका मिलनको स्वरमा लकडाउनकै बीचमा एउटा गित रेकर्ड भयो जुन गित गाउन जांदा उनि धेरै डराएकी थिइन रे , तर अर्जेन्ट अनि दाईहरुको कुरा काट्न नसकेर उहांहरुले नै सुरक्षित साथ स्टुडियो पुर्याएर ल्याईदिनु भयो अब अरु रेकर्डीङ लकडाउन पछि मात्रै हुन्छ मिलनले भनिन ।

लकडाउनको समयमा गायक तथा संगितकार सुनील मास्केको शब्दमा रहेको हाउ कान्छी बोलको गितमा स्वर दिएकी हुन । ,सुनिल मास्कके ले लामो समय पछि प्रदिप श्रेष्ठको एरेन्ज रहेको हाउ कान्छी बोलको गितमा गायिका मिलनसंग स्वर दिएका हुन ।

गायिका मिलन र गायक तथा संगितकार सुनील मास्केको स्वरमा रहेको हाउकान्छी को अडियो हाल रेडीयो एफएममा बजीरहेको छ । समय सान्दर्भीक गित भएकोले लकडाउनको समयमा दुरी कायम गर्दै टिम वर्क गरेर गित रेकर्ड गरेको बताइएको छ ।

स्टेज   कार्यक्रममा समेत दमदार प्रस्तुतिले  मोहित पार्ने नायिका झै देखिने सुन्दरी गायिका मिलन नेवारले आफ्ना केहि गितहरुमा आफै मोडलीङ समेत गरेकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय