कोरोना भाइरसका कारण चलचित्र पत्रकारीतामा चुनौती -अध्यक्ष सिटौला

२०७७ जेष्ठ ७, बुधबार ०८:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

महामारीको रुपमा फैलीएको कोरोना भाइरसका कारण चलचित्र पत्रकारीतामा थप चुनौती बढेको चलचित्र पत्रकारसंघ नेपालका अध्यक्ष दिनेश सिटौलाले बताएका छन् ।

मनोरञ्जन पत्रकारिता गर्दै आईरहेका पत्रकारहरुलाई संगठित गरि आज भन्दा २१ बर्ष अगाडी स्थापना भएको चलचित्र पत्रकार संघ नेपाल २२ औं बर्षमा प्रवेश गरेको अवसरमा अध्यक्ष सिटौलाले थप चुनौती बढेको बताएका हुन ।

सातै प्रदेशका प्रतिनिधि तथा चलचित्रपत्रकारका सदस्यहरु संगै चलचित्र क्षेत्रका ब्यक्तित्वहरुको भिडियो सहभागितामा १८ औं राष्ट्रिय चलचित्र पत्रकारीता दिवस तथा २१ औं बर्षिकोत्सव लकडाउनका कारण डिजिटल प्लाटफर्म मार्फत शुभकामना आदानप्रदान तथा आफ्ना बिचारहरु राख्दै मनाईदैछ ।

आफ्नो नेतृत्वको कार्यसमिति निर्वाचित भएसंगै लकडाउनको मारमा परेको भन्दै चलचित्र पत्रकारीतालाई गुणस्तरीय बनाउन डिजिटल बैठक बसेको र पहिलो चरण चलचित्र पत्रकारहरुलाई राहात बितरण गरेको संघका अध्यक्ष सिटौलाले जानकारी गराए ।

चलचित्र पत्रकारितामा देखिएको आंशिक विकृती र विसंगतीलाई पराष्ट गर्दै पूर्ण रुपमा संगठित र मर्यादित हुने बाटोमा अग्रसर हुने अध्यक्ष सिटौलाको भनाई छ ।

हरेक बर्ष बितरण गरीने पुरस्कार तथा सम्मान अनुकुल समय मिलाएर प्रदान गरीने बताईएको छ ।
लकडाउनका कारण चलचित्रपत्रकारसंघ नेपालले भर्चुअल माध्यम मार्फत २१ औं बार्षिकोत्सव मनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय