नेपाली युवा दिवेश पोखरेल अर्थर गन अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपबिजेता बनेका छन् ।
दिवेशलाई पछि पार्दै जस्ट साम अमेरिकन आइडल बनिन् ।
आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । टप २ मा पुगे पनि उपाधि जित्न दिवेशलाई पर्याप्त भोट प्राप्त भएको थिएन ।
यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।
े


