चलचित्र पत्रकार संघको बार्षिक उत्सव स्थगित

२०७७ जेष्ठ २, शुक्रबार ०४:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते प्रदान गर्दै आएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई यो वर्ष स्थगित गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण कार्यक्रम स्थगित गरेको जनाएको छ ।

संघले अर्को वर्ष पुरस्कार राशी बढाउने तथा मोफसलबाट थप एक जनालाई समेत ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने बताएको छ ।

यो वर्षको जेठ ७ गते डिजिटल माध्यमबाट संघको २१ औं वार्षिकोत्सव मनाउने निर्णय संघले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय